धरानमा तास खेल्ने १० युवा पक्राउ

Newslaya Home

धरानमा तास खेल्ने १० युवा पक्राउ

बुधबार २०, कार्तिक २०७६

धरान । धरानमा प्रहरीले तास खेलिरहेका १० जना युवालाई पक्राउ गरेको छ । मंगलबार राति प्रहरीले धरान–१४ को मण्डप चोकबाट ८४ हजार एक सय रुपैयाँसहित युवाहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धरान १४ का सोबित भुजेल, विकास राई, मनोज राई, सुशील विश्वकर्मा, शम्भु चौधरी, अर्जुन तामाङ, रविन बर्देवा, सन्दीप मगर र विकास राई रहेका छन् ।

उनीहरूलाई हिरासत लिएर जुवा ऐन अन्तर्गत अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।