खोटाङको जन्तेढुङ्गामा हरिबोधनी एकादशीमा दुई दिन बिदा

Newslaya Home

खोटाङको जन्तेढुङ्गामा हरिबोधनी एकादशीमा दुई दिन बिदा

बुधबार २०, कार्तिक २०७६

खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले हरिबोधनी एकादशीमा दुई दिन बिदा दिने भएको छ । छ वटा वडा रहेको गाउँपालिकाले सूचना जारी गर्दै कात्तिक २१ र २२ गते बिदा दिने जानकारी गराएको हो ।

गाउँ कार्यपालिकाको कार्यालय चिसापानीको निर्णयअनुसार हरिबोधनी ‘एकादशीको अवसरमा २१ र २२ गतेका दिन स्थानीय विदा दिने’ भनिएको छ ।
हरिबोधनी एकादशीमा हिन्दू धर्मावलम्बीहरूले भगबान विष्णुको पूजाआरधना गर्ने गर्दछन् ।