काठमाडौंमा बलिउड अभिनेता गोविन्दा

Newslaya Home

काठमाडौंमा बलिउड अभिनेता गोविन्दा

बुधबार २०, कार्तिक २०७६

काठमाडौं । बलिउड अभिनेता गोविन्दा अहुजा श्रीमतीसहित काठमाडौं आएका छन् । उनको साथमा नेपाली अभिनेत्री निरुता सिंह पनि नेपाल आइपुगेकी छन् । उनीहरू कात्तिक २१ गतेबाट वीरगन्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन नेपाल आएका हुन् ।

गोविन्दाले नेपाली मूलकी युवतीसँग विवाह गरेका हुन्। गोविन्दा गत वर्ष ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए । नेपाललाई आफ्नो ससुराली मान्ने गोविन्दा यसअघि पनि थुप्रै पटक नेपाल आइसकेका छन्।

वीरगन्जमा हुने स्वर्णिम महोत्सव कात्तिक २३ गतेसम्म चल्नेछ।