मुम्बईमा ८० लाखको सर्प जफत गरियो

Newslaya Home

मुम्बईमा ८० लाखको सर्प जफत गरियो

बुधबार २०, कार्तिक २०७६

एजेन्सी । भारतको मुम्बई शहरमा ८० लाखको सर्प जफत गरिएको छ ।

रेड स्यान्ड बोआ नामको उक्त सर्पको खरिद–बिक्रीमाथि प्रतिबन्ध लगाइएको भए पनि अन्तर्राष्ट्रिय बजारमा लुकिछिपि यसको व्यापार हुने गरेको छ ।

२० वर्षीय जाधव नामका व्यक्तिले यो सर्पको बिक्री प्रयास गरि रहेकै बेला मुम्बइको पनभेल इलाकाबामा बरामद गरिएको प्रहरी सहायक निरिक्षक नीलेश राणेले जानकरी दिएका छन् ।
टाउको र पच्छर दुवै भाग गोलाकार हुने यसको आकार पनि अन्य सर्पको तुलनामा केही फरक हुने गर्छ । बिष नभएको र दुवैपट्टि मुख भएको जस्तो देखिने यो सर्प रातमा मात्रै बाहिर निस्कने गर्दछ ।

अन्तर्राष्ट्रिय बजारमा व्यापक माग रहेको यो सर्पको मूल्य ८० लाख रुपैयाँ रहेको छ । एक संरक्षित प्रजातीको रुपमा रहेको यो सर्पले एक पटकमा ६ वटा बच्चा जन्माउने गर्दछ । औषधी तथा सौन्दर्य प्रसाधन बनाउनका लागि प्रयोग गरिने भएकाले अन्तर्राष्ट्रिय बजारमा यसको माग बढीरहेको छ ।