आज पनि घट्यो सुनको मूल्य

Newslaya Home

आज पनि घट्यो सुनको मूल्य

बुधबार २०, कार्तिक २०७६

काठमाडौँ । बुधबार पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाला सुनको मूल्य तोलामा ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा छ सय रुपैयाँले घटेर ६९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।