भारतीय विस्तारवाद विरुद्ध नेकपाको युवा विद्यार्थी सडकमा

Newslaya Home

भारतीय विस्तारवाद विरुद्ध नेकपाको युवा विद्यार्थी सडकमा

बुधबार २०, कार्तिक २०७६

काठमाडौं । भारतीय विस्तारवादको विरुद्धमा अनेरास्ववियू सडकमा निस्कने भएको छ ।

नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटर भन्दा धेरै जमिन भारतले आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको विरोधमा अनेरास्ववियूले प्रदर्शन गर्न लागेको हो ।

भारतीय विस्तारवादको भण्डाफोरका लागि बुधबार (आज) देशव्यापी रुपमा सबै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको अनेरास्ववियू संयोजकले जनाएका छन् । अनेरास्ववियूले सामाजिक सञ्जालमा# Go-Back-India भन्ने ह्याट्याग समेत चलाएको छ ।

दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ । यस अघि पनि भारतले सो क्षेत्र आफ्नो भनि दाबी गर्दै आएको थियो ।

भारतले सार्वजनिक गरेको नक्सा अनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै लिपुलेक बाट आएको नदि दखि लम्पियाधुरा तर्फ आएको नदि क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र नक्सा भित्र समेटेको छ ।