लागुऔषधसहित एक युवक नियन्त्रणमा

Newslaya Home

लागुऔषधसहित एक युवक नियन्त्रणमा

बुधबार २०, कार्तिक २०७६

लहान । सिरहाबाट लागुऔषधसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बरीयारपट्टिबाट खटिएको टोलीले लागुऔषधसहित गोलबजार नगरपालिका–४ का १९ वर्षीय विजयकुमार यादवलाई नियन्त्रणमा लिएको हो ।

भारतीय बजार लदनियातर्फबाट आउँदै गरेको अवस्थामा जाँच गर्ने क्रममा यादवको साथबाट नाइट्रोभेट ३६ थान, नाइट्रोजन १०० थान, स्पासो २४ थान र दुई थान डाइलेक्स डिसी बरामद भएको प्रहरीले जनाएको छ ।