अर्घाखाँचीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई जना घाइते

Newslaya Home

अर्घाखाँचीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई जना घाइते

बुधबार २०, कार्तिक २०७६

अर्घाखाँची । सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार बुधबार बिहान गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी छ । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।