अमेरिकी रिपोर्ट भन्छ, ‘नेपाल मुजाहिद्धीनको सबैभन्दा ठूलो अखडा’

Newslaya Home

अमेरिकी रिपोर्ट भन्छ, ‘नेपाल मुजाहिद्धीनको सबैभन्दा ठूलो अखडा’

बुधबार २०, कार्तिक २०७६

काठमाण्डौ । अमेरिकी विदेश विभागले ‘कन्ट्री रिपोर्ट अन टेररिजम २०१८’ जारी गर्दै भारतीय चरमपन्थी संगठनले नेपाललाई सबैभन्दा ठूलो अखडा बनाएको खुलासा गरेको छ ।

नोेभेम्बर १ मा जारी रिपोर्ट अनुसार इन्डियन मुजाहिदीन (आइएम) भारतविरुद्ध चरमपन्थी हमला गर्न नेपालमा सबैभन्दा ठूलो अखडा बनाएको छ । साथै उसले पाकिस्तानी चरमपन्थी संगठन लश्कर–ए–तैयब, जैश–ए–मोहम्मद र ‘हरकत उल–जिदाही इस्लामी’ सँग पनि हात मिलाएको उक्त रिपोर्टमा बताइएको छ ।

रिपोर्टमा बताइए अनुसार आइएमको पहिलो लक्ष्य भारतमा चरमपन्थी घटना गराउनु हो । यसैकारण उनले आफ्नो दायरा फराकिलो गर्दै नेपाललाई आफ्नो सबैभन्दा ठूलो केन्द्र बनाएको बताइएको छ ।

भारतसँग नेपालको खुल्ला सीमा र काठमाडौंमा देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षाका कारण अन्तर्राष्ट्रिय चरमपन्थी संगठनले यसलाई आफ्नो आश्रयस्थलको रुपमा लिइरहेको भारतीय मिडियाले दाबी गरेका छन् ।

आइएमले भारतमा सन् २००५ देखि बम बिस्फोटका घटनाहरु गराउँदै आएको छ जसमा सयौंको ज्यान गुमेको छ । आइएमलाई सेप्टेम्बर ११ सन् २०११ मा फरेन टेररिस्ट अर्गनाइजेशन (एफटीओ) ले अन्तर्राष्ट्रिय आतंककारी संगठन घोषणा गरेको थियो ।