यसरी गर्नुहोस् घरमै डेंगुको उपचार

Newslaya Home

यसरी गर्नुहोस् घरमै डेंगुको उपचार

बुधबार २०, कार्तिक २०७६

लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको उपचार घरेलु विधिबाट गर्न सकिने चिकित्सकहरुले बताएका छन् । यो वर्ष देशभरका विभिन्न जिल्लाहरुमा बढ्दै गएको डेंगुको संक्रमण जाडो बढेसँगै घट्दै गएको छ ।

मानिसहरुमा डेंगुको त्रास भने कम भएको छैन । तसर्थ डेंगुको संक्रमण देखिने वित्तिकै अस्पतालका विभिन्न औषधि सेवन नगर्न उनीहरु सुझाउँछन् । यसरी गर्नुहोस् घरेलु विधिबाट उपचारः

– ज्वरो तथा दुखाइको लागि पारासिटामोल मात्र खाने ।

– शक्तिको लागि क्याप्सुलमा एन्टी अक्सिडेन्ट भिटामिन खान सकिन्छ ।

– प्रशस्त पानी, जीवनजल, फलफुल, फ्रेस जुस खाने ।

– मेवा, अनार, किवी, पालुंगो, काँक्रो प्रशस्त खाने ।

– प्लेटलेट घटेमा दिनको ३० मिलि मेवाको पातको जुस खाने ।

– बाख्राको दुध प्रतिदिन एक गिलास खाँदा डेंगुमा हुने सेलेनियमको कमी, जसले प्लेटलेट घटाउँन मद्दत गर्छ ।

– रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जोको रस वा पात खाने ।

– अम्बा वा अम्बाको जुस Tannis, vitamins, mineral हुन्छ ।

– स्याउ तथा स्याउको रस निकै उपयोगी हुन्छ ।

– नीमको पातले पनि प्लेटलेट बढाउँछ ।

– हरियो सागपात, माछा, मासु, अण्डा र गहुँमा भिटामिन के पाइन्छ, जसले रक्ताश्राब रोक्न मद्दत गर्छ ।

– मेथीको दाना भिजाएर खाँदा यसमा हुने Vitamins C & K, fiber, minerals आदिले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

– दुधमा बेसार राखेर खाँदा एन्टी भाइरल औषधिको काम गर्छ ।

– तुलसीको पात तथा कालो मरिचमा प्रचुर एन्टी अक्सिडेन्ट तत्व हुन्छन् ।

– जौंको जमराको रस पनि निकै फाइदाजनक हुन्छ ।

– सुन्तला, कागती, नरिवल पानी, सागसब्जी, फलफुल तथा प्रोटिन प्रशस्त पाइने खाना खाँदा फाइदा हुन्छ ।

– खीर रुचिकर तथा फाइदाजनक हुन्छ ।

– अदुवा, दालचिनी वा तेजपात आदि मिलाएको हर्बल चियाले फ्रेस बनाउँछ ।