क्रोम ब्राउजर अपडेट गर्न गुगलको आग्रह

Newslaya Home

क्रोम ब्राउजर अपडेट गर्न गुगलको आग्रह

बुधबार २०, कार्तिक २०७६

काठमाडौं । गुगल क्रोम ब्राउजर अहिले विश्वको सबैभन्दा लोकप्रिय वेब ब्राउजर बनेको छ । विश्वमा क्रोम ब्राउजरका करोडौँ प्रयोगकर्ताहरु छन् । गुगलले आफ्ना सबै क्रोम ब्राउजर प्रयोगकर्तालाई ब्राउजरको लेटेस्ट भर्सन अपडेट गर्न आग्रह गरेको छ ।

गुगलले क्रोमका लागि ह्याकिङ प्रतिरोधी सफ्टवेयर जारी गरेको छ । क्रोममा उक्त सफ्टवेयर अपडेट गर्नाले वेब ब्राउजरमा ह्याकिङको जोखिम नहुने गुगलले जनाएको छ । ब्राउजर अपडेट नगर्दा क्रोमबाट लगइन गरिने अकाउन्टहरु ह्याक हुने जोखिम हुन्छ ।

पूरानो भर्सनको क्रोम ब्राउजरमा पछिल्लो समयमा ह्याकिङको खतरा लगातार बढ्दै गएको छ । ह्याकरहरुले सजिलैसँग ब्राउजर मेमोरीमा स्टोर भएका डाटालाई करप्ट गर्ने वा मोडिफाइ गर्न सक्दछन् । साथै ह्याकरहरुले यस मार्फत प्रयोगकर्ताको डिभाइससम्मै भर्चुअल पहुँच कायम गर्दछन् । सोही खतरालाई हटाउनका लागि क्रोम ब्राउजरमा नयाँ अपडेट लागू गरिएको गुगलले जनाएको छ ।

गुगलले आइओएस, म्याक, विन्डोज तथा लिनक्स ब्राउजरलाई क्रोम ७८ मा अपडेट गरेको छ । आइफोन प्रयोगकर्ताले यो अपडेटसँगै सिस्टम वाइड डार्क मोड प्राप्त गर्नेछन् । त्यस्तै डेस्कटप भर्सनमा समेत विभिन्न नयाँ फिचरहरु थप गरिएको छ ।