भारतको नयाँ नक्साविरुद्ध बोले भीम रावल, अरु नेता किन चुप ?

Newslaya Home

भारतको नयाँ नक्साविरुद्ध बोले भीम रावल, अरु नेता किन चुप ?

बुधबार २०, कार्तिक २०७६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि भारततिर देखाएको भन्दै आपत्ति जनाएका छन् ।

नेकपाका स्थायी समिति सदस्य रावलले मंगलबार ट्विट गर्दै नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्शामा भारतीय भूमी भनी देखाएको भन्दै आपत्ति जनाएका हुन् । नेता रावलले नेकपा स्थायी कमिटीको र सर्बदलीय बैठक बोलाउनुका साथै कूटनीतिक माध्यमबाट तत्काल भारतसँग वार्ता गर्नुपर्ने सुझाव समेत दिएका छन् ।

भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्यभएको भन्दै उनले सो माग गरेका हुन् । तर यो विषयमा अन्य पार्टीका दल र नेताहरुले भने कुनै प्रतिक्रया जनाएका छैनन् ।