भारतको माओवादी विश्वकै छैटौं आतंकवादी संगठन

Newslaya Home

भारतको माओवादी विश्वकै छैटौं आतंकवादी संगठन

बुधबार २०, कार्तिक २०७६

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले भारतीय कम्युनिष्ट पार्टी (माओवादी)लाई विश्वका खतरनाक आतंकवादी संगठनको सूचीमा छैटौं स्थानमा राखेको छ । साथै भारत आतंकवादीबाट नराम्ररी प्रभावित हुने देशहरुमा चौथो रहेको पनि अमेरिकी विदेश मन्त्रालयको एक रिपोर्टमा उल्लेख छ ।

अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जारी गरेको रिपोर्टमा भाकपा (माओवादी) माथि सन् २०१८ मा आतंकवादी घटनामा ३११ मानिसको हत्या गरेको आरोप पनि लगाइएको छ । भारतीय गृह मन्त्रालयको आँकडाअनुसार भने माओवादी २४० हत्या र ८३३ हिंसाका घटनामा संलग्न भएको उल्लेख छ ।

रिपोर्टमा विश्वका अन्य शीर्ष ५ आतंकवादी संगठनमा तालिबान, इस्लामि स्टेट (आइएस), अल शबाव (अफ्रिका), बोको हराम (अफ्रिका) र कम्युनिष्ट पार्टी अफ फिलिपिन्स परेका छन् ।