शौच गर्न गएका १६ जनालाई स्यालले टोकेपछि.....

Newslaya Home

शौच गर्न गएका १६ जनालाई स्यालले टोकेपछि.....

बुधबार २०, कार्तिक २०७६

काठमाडौं । सिरहाको लहान नगरपालिका–४ मा मंगलबार बिहान बौलाहा स्यालले १६ जनालाई टोकेपछि गाँउमा आतंक मच्चिएको छ ।

सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलाको शिशुगारीबाट निस्केको बैलाहा स्यालले कुमहालटोलमा १६ जनालाई टोकेपछि गाउँले त्रसित भएका हुन् ।

एकाबिहानै शौचका लागि घरबाहिर निस्केको बेलामा सेतो रंगको बौलाहा स्यालले टोक्दा उनीहरू घाइते भएका छन् । घाइतेहरु ५ बर्षदेखि ७० बर्ष सम्मका छन् । तराईमा शौचालय अभावमा मानिसहरू खुला ठाउँमा शौच गर्न बाध्य छन् ।