२०७६ कार्तिक २० गते बुधबारको राशिफल

Newslaya Home

२०७६ कार्तिक २० गते बुधबारको राशिफल

बुधबार २०, कार्तिक २०७६

मेष । नयाँ कार्यको योजना बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । न्यायिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

वृष । आज आफन्तको सहयोग प्राप्त हुनेछ । कार्यमा सफलता पाइएला । मनमा शान्ति छाउनेछ । नजिकको मित्रसँग भेटघाटपनि हुनेछ ।

मिथुन । धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । गरेको कार्यमा सफलता मिल्नेछ । लाभदायक यात्रा रहला ।

कर्कट । यात्रामा सावधानी अपनाउनु पर्नेछ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । आर्थिक सङ्कटमा परिएला । कार्मक्षेत्रपनि घर्षशील रहनेछ ।

सिंह । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

कन्या । जोश जाँगर र हिम्मत बढ्नेछ । अरुको मन जित्न सकिनेछ । उपहार पाइने सम्भावनाछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

तुला । आकस्मिक धन लाभ हुनेछ । ठुला व्यक्तिले तपाईको मेहनतको प्रसंसा गर्नेछन् । मिष्ठान्न भोजन प्राप्त होला । जोश जाँगर र हिम्मत बढ्नेछ ।

वृश्चिक । दैनिक कार्यमा चुनौतीको सामना गर्नुपर्छ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ । काम विगार्नेको सक्रियता पनि रहने देखिन्छ ।

धनु । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ ।

मकर । अरुलाई प्रभावित पारेर काम बन्नेछ । प्रेममा मधुरता छाउला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । बिश्वास गरेकाले साथ दिनेछन् ।

कुम्भ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । इच्छा र आकाङ्क्क्षा पूर्ण हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् ।

मीन । आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेममा विवाद आउला । सामान हराउने वा नष्ट हुन सक्नेछ ।