सुन तस्करीको आरोपमा संखुवासभाबाट थप दुई जना पक्राउ

Newslaya Home

सुन तस्करीको आरोपमा संखुवासभाबाट थप दुई जना पक्राउ

मङ्गलबार १९, कार्तिक २०७६

संखुवासभा । गत असोजमा संखुवासभाबाट बरामद गरिएको पाँच किलो सुन तस्करीको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको भोटखोला गाउँपालिका–२ का ६० वर्षीय जर्गा भोटे र ३२ वर्षीय छयाङ रिन्जिन भोटे रहेका छन् ।

सुनसहित पक्राउ परेका तोप्चेन भोटेको बयानका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजना सदरमुकाम खाँदबारीमा बस्दै आएका थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चीनको तिब्बतबाट किमाथांका नाका हुँदै खाँदबारीतर्फ आउँदै गर्दा भोटखोला गाउँपालिका–२, लिङगमको घटे्खोलाबाट असोज २७ गते तोप्चेन भोटे पाँच किलो सुनसहित पक्राउ परेका थिए ।