आर्थिक उपार्जनका लागि महिला सहभागिता

Newslaya Home

आर्थिक उपार्जनका लागि महिला सहभागिता

मङ्गलबार १९, कार्तिक २०७६

इटहरी । महिला बचत तथा ऋण सहकारी संस्थाले इटहरी ३ मा रहेको सिद्धार्थ टोलमा आर्थिक उपार्जनका लागि महिला सहभागिता विषयक अन्तर्कृया कार्यक्रम गरेको छ ।

कृषि तथा पशुपंछीका क्षेत्रमा ब्यवसायिक भई आर्थिक समृद्धितर्फ उन्मुख गराउन संस्थाले आफ्ना सदस्यहरुको लागि उक्त कार्यक्रम आयोजना गरेको हो ।

संस्थाकी अध्यक्ष अमृता सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा इटहरी उपमहानगरपालिकाको सहकारी शाखा प्रमुख मञ्जु लोहनी, पशुपंछी विकास शाखा प्रमुख लाल बहादुर तामाङ तथा कृषि शाखा प्रमुख बिमला राईको उपस्थिति थियो ।

कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी प्रमुखले कृषि, पशुपालन तथा ब्यवसायिक तरकारी खेतीतर्फ उन्मुख गराउँदै सदस्यहरुलाई आत्मनिर्भर गराउन संस्थाले भूमिका खेल्ने बताएका थिए ।

इटहरी उपमहानगरपालिकाको कृषि शाखा प्रमुख बिमला राईले उपमहानगरस्थित कृषि शाखा मार्फत परामर्श तथा सहयोग लिन सुझाब दिइन् । त्यसैगरी पशुपंछी विकास शाखाका प्रमुख लाल बहादुर तामाङले परम्परागत पशुपालनलाई ब्यवसायिकता तर्फ उन्मुख भई कार्य गर्न सके किसानहरुको आर्थिक उपार्जनमा दरिलो टेवा पुग्ने जानकारी गराए ।

करिव ८५ जना सहभागी रहेको उक्त अन्तर्कृया कार्यक्रममा बोल्दै अध्यक्ष अमृता सुब्बाले सदस्यहरुलाई ब्यवसायिकता तर्फ उन्मुख गराउन आवश्यक रहेको बताइन् ।