पौडी खेल्ने क्रममा वेपत्ता भएका घलेको शव चारदिनपछि भेटियो

Newslaya Home

पौडी खेल्ने क्रममा वेपत्ता भएका घलेको शव चारदिनपछि भेटियो

मङ्गलबार १९, कार्तिक २०७६

काठमाडौ । सुनकोशी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका मिलन घलेको शव चार दिनपछि भेटिएको छ।

गत कात्तिक १५ गते काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित सुनकोशी नदीमा बेपत्ता भएका मिलन घलेको शव आज फेला परेको हो ।

मंगलबार शसस्त्र प्रहरी बलका दुईजना र स्थानीय दुईजनाको र्‍याफ्टिङ टोलीको संयुक्त प्रयासमा खाजी कार्य गर्दा चौरी देउराली गाउँपालिका–८ खरेघाट स्थित सुनकोशी नदीको किनारमा घलेको शव भेटिएको प्रहरीले जनाएको छ ।