महिलाले प्रयोग गर्ने लिपिष्टिकबारे विशेष जानकारी

Newslaya Home

महिलाले प्रयोग गर्ने लिपिष्टिकबारे विशेष जानकारी

मङ्गलबार १९, कार्तिक २०७६

एजेन्सी । करोडौँ महिलाहरुले प्रयोग गर्ने लिपिष्टिकमा सुन्दर पक्ष साथै दूर्वल पक्ष दुवै रहेको पाइन्छ ।

लिपिष्टिकको प्रयोगले महिलाहरुको सुन्दरतामा थप चमक ल्याए पनि एक अध्ययनले यसमा लिड लगायत अन्य उत्तेजक र हानिकारक धातु रहको पुष्टि गरेको छ ।

युनिर्भसिटी अफ क्यालिफोर्नियाका अनुसार लिपस्टिकमा लिडलगायतका हानिकारक रसायन प्रत्यक्ष रुपमा मिसाइएको हुँदैन तर अधिकांश लिपस्टिक त्यस्ता खनिजबाट बनाइएको हुन्छ, जसको स्रोत विषादी हो ।

अध्ययनका अनुसार लिपिस्टिकमा क्याडमियम, आल्मुनियमलगायतको धातु हुने र यसले स्नायु प्रणालीलाई प्रत्यक्ष रुपमा हानी गर्ने मात्र होइन, गर्भवतीको भ्रुणमा समेत असर गर्छ ।
आल्मुनियमजस्तो विषादीयुक्त धातुबिना लिपस्टिक बनाउन नसकिने भन्दै यसले स्वास्थमा प्रत्यक्ष प्रभाव पर्ने अध्ययनमा जनाइएको छ ।