आलमको बयान सकिए पछि थुनछेक बयान सुरू

Newslaya Home

आलमको बयान सकिए पछि थुनछेक बयान सुरू

मङ्गलबार १९, कार्तिक २०७६

काठमाडौं । ईट्टाभट्टामा जिउँदै मान्छे मारेको अभियोग लागेका कांग्रेस सासंद महम्मद अफताब आलमको थुनछेक बयान सुरू भएको छ।

जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमको बयान केही समय अघि सुरू भएको हो ।
अदालती बयान सकिएपछि उनलाई थुनामै राखेर मुद्दाको सुनुवाइअघि बढाउने कि थुनामुक्त गर्ने भन्ने विषयमा थुनछेक बहस सुरू गरिएको छ ।

२३ दिनदेखि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका आलमसहित उनका भाइ महताव आलम, भदै शेख लगायत ११ जनाविरुद्ध १० वटा मुद्दा दायर गर्न सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदनमा सुझाव दिइएको थियो।


बम विस्फोटमा परेर घाइते भएकाहरूलाई प्रमाण समेत नष्ट हुने गरी जिउँदै इँट्टाभट्टामा हालेर जलाएको अभियोग लगाएर सरकारी वकिल कार्यालयले सोमबार उनीविरूद्ध जिल्ला अदालत रौतहटमा जन्मकैदको माग गर्दै मुद्दा दायर भएको थियो ।
११ जना प्रतिवादीमध्ये १० जनालाई जन्मकैद र १ जनालाई मतियारको अभियोगमा कारबाहीको माग आरोपपत्रमा गरिएको छ ।

उनीहरूलाई साविक मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३(१) नं. कसुर अपराध तथा प्रचलित हालको मुलुकी अपराधसंहिता २०७४ को दफा १७७(१) सजाय हुनुपर्ने आरोपपत्रमा उल्लेख गरिएको छ ।