बाघको आक्रमणमा परि एक माहुतेको ज्यान गयो

Newslaya Home

बाघको आक्रमणमा परि एक माहुतेको ज्यान गयो

मङ्गलबार १९, कार्तिक २०७६

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जभित्र पाटे बाघको आक्रमणबाट एक माहुतेको ज्यान गएको छ ।

मंगलबार दिउसो पाटे बाघको आक्रमणबाट बर्दियाको ठाकुरबाबा नगरपालिका–७ मोहनपुर गाउँका ४५ वर्षिय निकुञ्जका माहुते कर्मचारी मंग्रु थारुको ज्यान गएको हो ।
बर्दियामा पछिल्लो समय पाटे बाघले मान्छेलाई आक्रमण गर्ने क्रम बढेको छ । यसअघि निकुञ्ज भित्रबाट बाहिर आएको पाटे बाघको आक्रमणबाट ६ जनाको ज्यान गइसकेको छ ।

निकुञ्जमा पालेको हात्तीलाई चराउन भित्र जंगल गएका तीन जना माहुतेमध्ये मंग्रु थारुलाई गैँडा मचान नजिक पाटे बाघले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।