त्रियुगा नदीमा बेपत्ता भएका व्यक्ति मृत अवस्थामा भेटिए

Newslaya Home

त्रियुगा नदीमा बेपत्ता भएका व्यक्ति मृत अवस्थामा भेटिए

मङ्गलबार १९, कार्तिक २०७६

उदयपुर । सोमबार साँझ त्रियुगा नदिमा बेपत्ता भएका एक व्यक्ति मृत अवस्थामा फेला परेको छ ।

चौदण्डीगढी नगरपालिका ९ ज्यामिरे स्थित त्रियुगा नदिमा बेपत्ता भएका खोटाङको सावामझुवा गाउँपालिका–६ घर भएका ४० वर्षीय सुवास बि.क. मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनी सोमबार साँझ उदयपुरको चौदण्डीगढी गाँउपालिका–६ अजगढामा रहेको ससुराली घर जाँदै गर्दा त्रियुगा नदिमा बेपत्ता भएका थिए ।

स्थानीयबासीहरुको सहयोगमा प्रहरीको टोली साथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण गाईघाटबाट ११ जनाको दैवी प्रकोप उद्धार तालिम प्राप्त टोलीले खोजी कार्य गर्दा मंगलबार बिहान मृत अवस्थामा भेटिएको उदयपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गाहर धन राईले जानकारी दिए ।