बाहुबलीको झल्को दिने हिन्दी चलचित्र ‘पानीपत’ को ट्रेलर सार्वजनीक (भिडियोसहित)

Newslaya Home

बाहुबलीको झल्को दिने हिन्दी चलचित्र ‘पानीपत’ को ट्रेलर सार्वजनीक (भिडियोसहित)

मङ्गलबार १९, कार्तिक २०७६

काठमाडौं । हिन्दी फिल्म ‘पानीपत’ को ट्रेलर सार्वजनिक भएको छ । सञ्जय दत्त, अर्जुन कपूर, कृति सेननको अभिनय रहेको फिल्मको ट्रेलरमा एक्सन देखाइएको छ ।

सञ्जय लीला भन्सालीको ‘पद्मावत’ र दक्षिण भारतीय फिल्म ‘बाहुबली’ को झल्को दिने यो फिल्ममा सञ्जय दत्तले अफगानिस्तानका एक क्रुर राजाको भूमिका निभाएका छन् । अर्जुन कपूर र कृति सेननलाई पनि दमदार भूमिकामा देखाइएको छ ।

फिल्म पानीपतको तेस्रो लडाइँमा आधारित छ । जुन लडाइँ सन् १७६१ जनवरी १४ मा भएको थियो । फिल्म ‘पानीपत’ लाई आशुतोष गोवारिकरले निर्देशन गरेका हुन् ।आशुतोषले यसअघि लगान, स्वदेश, जोधा अकबर लगायतका फिल्म बनाएका थिए ।