झापाबाट भारत तस्करी गर्न लागिएका दुई ट्रक गाईगोरु प्रहरीको नियन्त्रणमा

Newslaya Home

झापाबाट भारत तस्करी गर्न लागिएका दुई ट्रक गाईगोरु प्रहरीको नियन्त्रणमा

मङ्गलबार १९, कार्तिक २०७६

झापा । सुरुङ्गाबाट भारततर्फ तस्करी हुन लागेको दुई ट्रक गाईगोरू इलाका प्रहरी कार्यालय, बिर्तामोड र सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

मंगलबार बिहान तस्करी गर्न लागिएको ४९ वटा गाईगोरु नियन्त्रणमा लिइएको झापा प्रहरीले जनाएको छ । भारततर्फ तस्करी गरिरहेको अवस्थामा कन्काई नगरपालिका–३, तुलसीबारीबाट ना ५ ख ५९४६ र ना ६ ख ३८४१ नम्बरका दुई वटा ट्रकबाट ४९ वटा गाईगोरु नियन्त्रणमा लिएर कारबाही सुरु गरिएको जनाइएको छ ।

प्रहरीले ट्रक र चालकसहित आवश्यक कारबाहीको लागि भद्रपुर भन्सार कार्यालय, झापामा पठाइएको छ। प्रारम्भिक अनुसन्धानको क्रममा ती गाईगोरुहरु नवलपरासीबाट सोही स्थान बस्ने प्रमोद यादवले कन्काई नगरपालिका–३ का रमेश खरेललाई बुझाउने गरी पठाइएको खुल्न आएको छ।