उपेन्द्र यादवसंग रिसाए प्रधानमन्त्री ओली, यस्तो छ कारण

Newslaya Home

उपेन्द्र यादवसंग रिसाए प्रधानमन्त्री ओली, यस्तो छ कारण

मङ्गलबार १९, कार्तिक २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवसँग असन्तुष्ट भएका छन् । सरकारमा रहेर, सरकारकै विरोध गरेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट भएका हुन् ।

यादवले विभागीय जिम्मेवारी पूरा नगरेको, कर्मचारी समायोजन नटुंग्याएको, स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा नयाँ नीति ल्याउन नसकेका जस्ता विषयले प्रधानमन्त्री ओली रुष्ट भएका हुन्।

स्रोतका अनुसार मन्त्रीमण्डलमा बसेर सरकारको आलोचना गर्नुभन्दा ‘विकल्प खोज्न’ प्रधानमन्त्री ओलीले यादवलाई निर्देशन दिइसकेका छन्। त्यसबारे यादवले पनि आफूनिकटसँग प्रधानमन्त्रीका भनाइबारे छलफल सुरु गरिसकेका छन्।

समाजवादी पार्टीका अर्का अध्यक्ष भट्टराईले सार्वजनिक मञ्चबाट सरकारको आलोचना गर्दा यादवले नियन्त्रण गर्न नखोजेको, संविधान संशोधन नभएमा छठलगत्तै सरकार छाड्ने धम्कीपूर्ण भाषा प्रयोग गरेको, पहिचानवादीको नाममा पुनः मुलुकलाई अराजक दिशातर्फ लैजान खोजेको बुझाइ नेकपाभित्र बढेको छ।

प्रधानमन्त्री ओली आफूसँग असन्तुष्ट भएको संकेत पाएपछि सरकारमा बस्ने वा नबस्ने भन्ने निर्णय केन्द्रीय समितिले गर्ने यादवले सार्वजनिक गरिसकेका छन् ।