त्रियुगा नदी तर्ने क्रममा एक जना बेपत्ता

Newslaya Home

त्रियुगा नदी तर्ने क्रममा एक जना बेपत्ता

मङ्गलबार १९, कार्तिक २०७६

उदयपुर । सोमबार साँझ ससुराली घर जाँदै गरेका एक व्यक्ति त्रियुगा नदिमा बेपत्ता भएका छन् ।

उदयपुरको चौदण्डीगढी गाँउपालिका–६ अजगढामा रहेको ससुराली घर जाँदै गरेका खोटाङको सावामझुवा गाउँपालिका–६ घर भएका ४० वर्षीय सुवास बि.क.लाई त्रियुगा नदीले बगाउँदा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाउनासाथ स्थानीयबासीहरुको सहयोगमा प्रहरीको टोलीले खोजी कार्य गरिरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।