बाँदर लखेट्दा बन्दुक पड्केर ओखलढुंगामा एक जनाको मृत्यु

Newslaya Home

बाँदर लखेट्दा बन्दुक पड्केर ओखलढुंगामा एक जनाको मृत्यु

मङ्गलबार १९, कार्तिक २०७६

काठमाडौं । ओखलढुंगामा बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ ।

मोलुङ गाउँपालिका–३ थुम्की जंगलमा बाँदर लखेट्ने बन्दुक पड्किएर स्थानीय १७ वर्षीय लालमान तामाङको मृत्यु भएको हो । गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि काठमाडौं लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले बाँदर लखेट्ने समूहका एक जनालाई पक्राउ गरेको छ । मोलुङ–३ का २१ वर्षीय चित्रबहादुर सुनुवारलाई सोमबार दिउँसो नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।