जनकपुरस्थित मूख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका ४३ अस्थायी शिक्षक प्रहरीको नियन्त्रणमा

Newslaya Home

जनकपुरस्थित मूख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका ४३ अस्थायी शिक्षक प्रहरीको नियन्त्रणमा

मङ्गलबार १९, कार्तिक २०७६

जनकपुरधाम । जनकपुर स्थित मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका ४३ जना अस्थायी शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बिहान मुख्यमन्त्री कार्यालय अगाडी पुगेर कर्मचारीलाई भित्र छिर्न नदिने गरी धर्ना तथा तालाबन्दी गर्न खोजेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

समातिनेमा प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका अस्थायी शिक्षक संघर्ष समितिका संयोजक धर्मेन्द्र यादवसहित ४३ अस्थायी शिक्षक रहेको धनुषाका प्रहरीले जनाएको छ ।

अस्थाई शिक्षकहरुलाई निरन्तर काममा फर्काउनुपर्ने माग गर्दै उनीहरुले सोमबार दिउँसो मुख्यमन्त्री कार्यालय अगाडी आधा घण्टा चक्काजाम समेत गरेका थिए । यथाशिघ्र अस्थाई शिक्षकहरुको माग पुरा नभए कडा संघर्ष गर्ने शिक्षकहरुले चेतावनी दिएका छन् ।