झापामा लागुऔषध गाजा सहित दुई जना समातिए

Newslaya Home

झापामा लागुऔषध गाजा सहित दुई जना समातिए

मङ्गलबार १९, कार्तिक २०७६

झापा । झापाको गौरिगञ्ज गाउँपालिका–३ बाट लागुऔषध गाजा सहित दुई जना पक्राउ परेका छन् ।

घरबाट नै लागुऔषध गाजाको बेचबिखन गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गौरिगञ्जबाट खटिएको प्रहरी टोलीले गौरिगञ्ज–३ घर भएका ५७ वर्षीय देव नारायण महतो र गौरिगञ्ज–४ घर भएका ५० वर्षीय बुदलाल राजवंशीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका महतोको घरबाट ५ सय ग्राम गाजा र १ हजार ३ सय ५० नगद बरामद गरेको छ भने राजवंशीको घरबाट २ किलो १२५ ग्राम गाजा साथै नगद ६०० बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गौरिगञ्जले जनाएको छ ।