एक किलो सुनसहित एक जना पक्राउ

Newslaya Home

एक किलो सुनसहित एक जना पक्राउ

मङ्गलबार १९, कार्तिक २०७६

काठमाडौं । गोकर्णेश्‍वर–५ गोठाटार पुल छेउबाट एक केजी सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर ठिमी बस्ने रामेछाप खाडादेवी गाउँपालिका–९ का २९ वर्षीय विशाल लामा रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।