काभ्रेमा श्रेष्ठ दम्पती मृत फेला

Newslaya Home

काभ्रेमा श्रेष्ठ दम्पती मृत फेला

मङ्गलबार १९, कार्तिक २०७६

काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्धमा एक दम्पती मृत भेटिएका छन् । स्थानीय ५५ बर्षीय श्यामकृष्ण श्रेष्ठ र अन्दाजी ५० बर्षीया रुकुमाया श्रेष्ठको शव मंगलबार बिहान भेटिएको काभ्रे प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धानका लागि काठमाण्डौबाट तालिमप्राप्त कुकुरसहितको टोली बोलाइएको जनाइर्एको छ । सोमबार राति रक्सी खान पसलमा गएका व्यक्तिले उनीहरुको हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।