प्यारिस सम्झौताबाट बाहिरिनेबारे अमेरिकाले दियो राष्ट्रसङ्घलाई औपचारिक जानकारी

Newslaya Home

प्यारिस सम्झौताबाट बाहिरिनेबारे अमेरिकाले दियो राष्ट्रसङ्घलाई औपचारिक जानकारी

मङ्गलबार १९, कार्तिक २०७६

बिबिसि । जलवायु परिवर्तनसम्बन्धी एउटा महत्त्वपूर्ण सम्झौताबाट बाहिरिने विषयमा अमेरिकाले संयुक्त राष्ट्रसङ्घलाई आधिकारिक रूपमा जानकारी गराएको छ ।

प्यारिस अग्रीमन्ट भनेर समेत चिनिने उक्त सम्झौताले १८८ राष्ट्रहरूलाई एकीकृत गरेको छ । अमेरिकाले उक्त सम्झौताबाट पूर्ण रूपमा बाहिरिन एक वर्ष लाग्ने बताएको छ ।

अमेरिकाको योजनाबारे बोल्दै गत महिना विदेशमन्त्री माइक पोम्पेओले सम्झौताले आफ्नो मुलुकमाथि अनुचित आर्थिक बोझ थोपरेको बताएका थिए ।