बलिउड अभिनेता गोविन्दा नेपाल आउँदै

Newslaya Home

बलिउड अभिनेता गोविन्दा नेपाल आउँदै

मङ्गलबार १९, कार्तिक २०७६

काठमाडौं । बलिउड अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । उनी यही कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन नेपाल आउन लागेका हुन् ।

उनलाई विशेष अतिथीको रुपमा निमन्त्रणा गरिएको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जनाएका छन् ।

गोविन्दा गत वर्ष राजधानीमा भएको ‘एलजी फिल्म अवार्ड’मा पनि नेपाल आएका थिए । यसअघि पनि उनी थुप्रै पटक नेपाल आइसकेका छन् । उनकी श्रीमती सुनीता आहुजा नेपाली मुलकी हुन् । त्यसैले उनी नेपाललाई आफ्नो ससुराली देश बताउने गर्दछन् ।

नेपाल चलचित्र निर्माता संघको आयोजनामा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ कात्तिक २१ गतेबाट तीन दिनसम्म चल्नेछ । उक्त कार्यक्रमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने छिन् ।