धनकुटा र भोजपुरमा २१ हजार ९ सय ४० वटा गाँजाको बोट नष्ट

Newslaya Home

धनकुटा र भोजपुरमा २१ हजार ९ सय ४० वटा गाँजाको बोट नष्ट

मङ्गलबार १९, कार्तिक २०७६

विराटनगर । प्रहरीले धनकुटा र भोजपुरका विभिन्न स्थानमा अवैध रुपमा लगाइएको २१ हजार ९ सय ४० वटा गाँजाको बोट नष्ट गरेको छ ।

प्रहरी चौकी आँखिसल्लाबाट खटिएको प्रहरी टोलीले सहिदभुमी गाउँपालिका–६ को चेप्ला र बरबोटेमा करीव ५ रोपनीमा लगाइएको ७ हजार बोट गाजा फँडानी गरी जलाएर नष्ट गरेको हो ।

प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरी टोलीले सहिदभुमी–२ बुर्खा र सेलेजेजर्नामा झण्डै १२ रोपनी जग्गामा लगाईएको तथा केही आफैं उम्रिएको गरी २ हजार ४ सय ४० वटा गाँजाको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय भोजपुर र ईलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरीले हतुवागढी गाउँपालिका(९ मुस्ताङ र थुम्कीमा करीव ३२ रोपनी क्षेत्रफलमा रहेको १२ हजार ५ सय बोट गाँजा फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।