२ हजार जित्ने लोभमा ५० वटा अण्डा खाएपछि......

Newslaya Home

२ हजार जित्ने लोभमा ५० वटा अण्डा खाएपछि......

मङ्गलबार १९, कार्तिक २०७६

जे कुरा पनि चाहिने भन्दा बढी भयो भने हानिकारक हुन्छ । शरीरले पचाउन सक्ने क्षमता नहुँदा जिद्दी गरेर केही हुँदैन । उल्टै मृत्युको कारण बन्न सक्छ । यस्तै एउटा घटना भारतको उत्तर प्रदेशमा घटेको छ ।

उत्तर प्रदेशको जौनपुरमा एक व्यक्तिले हासी–मजाकमै ५० वटा अण्डा खाने बाजी लगाए । त्यही बाजी नै उनको मृत्युको कारण बनेको छ ।

उत्तर प्रदेशको बीबीगंज बजारमा ५० वटा अण्डा खाने शर्तमा सुभाष यादवको ज्यान गएको हो ।

गत शुक्रबार बेलुकी सुभाष आफ्ना एक साथीसँग बीबीगंज पुगेका थिए । जहाँ एक होटेलमा मजाकमै उनीहरुबीच कसले कति अण्डा खान सक्छ भन्ने विषयमा कुरा चल्यो । त्यसपछि उनीहरुले एक बोतल म‘दिरा र ५० अण्डा जस्ले खान सक्छ उसले २ हजार रुपैयाँ जित्छ भन्ने बाजी लगाए ।

बाजी जित्नका लागि शुभाषले धमाधम अण्डा खान थाले ४१ अण्डा उनले आरामले खाए । तर, ४२ औं अण्डा खानेवित्तिकै उनी बेहोस बनेर लडे । तत्पश्चात त्यहाँ भएका केही मानिसहरुले उनलाई तत्काल जिल्ला अस्पताल पुर्‍याएका थिए ।

डाक्टरले उनलाई लखनउको संजय गान्धी स्नातकोत्तर आयुर्विज्ञान संस्थामा रिफर गर्यो । तर उनी बाच्न सकेनन् । उपचारको क्रममा उनको मृत्यु भयो ।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार सुभाषले यही वर्ष नै दोस्रो विवाह गरेका थिए । उनको पहिलो पत्नीबाट चार छोरी छन् । उनले छोरा जन्माउने चाहानाअनुरुप दोस्रो विवाह गरेको बताइन्छ ।