‘डेडिकेटेड’ शुल्क हटाउने तयारीमा विद्युत् प्राधिकरण

Newslaya Home

‘डेडिकेटेड’ शुल्क हटाउने तयारीमा विद्युत् प्राधिकरण

मङ्गलबार १९, कार्तिक २०७६

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड महसुल हटाउने तयारी गरेको छ ।

लोडसेडिङमा बढी शुल्क तिरेर नियमिति विद्युत् सेवा लिन पाउने व्यवस्थाका लागि निर्धारण गरेको डेडिकेटेड महसुल अब उपयुक्त नभएको भन्दै समायोजन गर्ने प्रस्ताव गरेको हो ।

लोडसेडिङ अन्त्य भएको झन्डै डेढ वर्षसम्म पनि ‘डेडिकेटेड’ महसुल नै लिएको भन्दै उद्योगीहरु असन्तुष्ट थिए ।

कुनै ग्राहकलाई ६५ प्रतिशतसम्म बढी महसुल असुल गराउनु न्यायोचित नहुने बताउँदै उद्योगीहरुले सरकार आफ्नो प्रतिबद्धता पुरा गर्न ढिलो मात्र अघि सरेको बताए ।

दैनिक १६ घन्टासम्म लोडसेडिङ हुने अवस्थामा १० माघ ०७२ मा विद्युत् महसुल निर्धारण आयोगले डेडिकेटेड फिडर (लाइन) बाट प्रिमियमसहितको महसुल दरमा विद्युत् उपलब्ध गराउन प्राधिकरणलाई स्वीकृति दिएको थियो । त्यसैअनुसार प्राधिकरणले दैनिक ६ घन्टाभन्दा बढी लोडसेडिङ हुने समयमा विशेष महसुल तिरेर दैनिक न्यूनतम २० घन्टा विद्युत् सेवा लिन सकिने व्यवस्था गरेको थियो ।