यसरी गर्नुहोस् छालाको स्याहार

Newslaya Home

यसरी गर्नुहोस् छालाको स्याहार

मङ्गलबार १९, कार्तिक २०७६

छालालाई चिसो र घामबाट जोगाउनुपर्छ । घरबाहिर निस्कनुअघि सन प्रोटेक्शन क्रिम लगाएर मात्र निस्कनुपर्छ ।

कम्तीमा दैनिक तीन लिटर पानी पिउनु छालाका लागि फाइदाजनक मानिन्छ ।

खाने कुराका कारण छालामा असर तथा प्रभाव पर्छ । त्यसैले शरीरलाई आवश्यक पौष्टिक तत्व पुग्नेगरी खानुपर्ने हुन्छ ।

छालाको मोस्चराइज हराउँदै गएपछि चाउरी पर्ने तथा रुखो हुने समस्या हुन्छ । त्यसले गर्दा मोस्चराइजरको प्रयोग गर्नुपर्छ । मोश्चराइजरले छालालाई नरम तथा पोषित बनाउँछ ।

भिटामिन सी र जैविक तेलको प्रयोगले छालालाई फाइदा गर्छ । सुत्नुअघि मेकअप पखाल्नुपर्छ । सातामा दुई पटक अनुहारको मृत सेललाई माडेर फाल्न अथवा फेसियल गर्न सकिन्छ । नाइट क्रिम नियमित प्रयोग गर्न सकिन्छ ।