उदयपुरमा जीप दुर्घटना, प्रदेशसभा सदस्य र त्रियुगानगर उपप्रमुख गम्भीर घाइते

Newslaya Home

उदयपुरमा जीप दुर्घटना, प्रदेशसभा सदस्य र त्रियुगानगर उपप्रमुख गम्भीर घाइते

मङ्गलबार १९, कार्तिक २०७६

गाईघाट । उदयपुरको चौदण्डी–७ को भुल्केमा जीप दुर्घटना हुँदा प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरी गम्भीर घाइते भएका छन् ।

विराटनगरबाट गाईघाट जाने क्रममा सोमबार साँझ त्रियुगा नगरपालिकाको स १ झ ५३१ नम्वरको जीप दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

घाइते दुवै जनाको चौदण्डीको बेल्टार अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा पठाइएको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिएका छन् । जीप चालक योगेश चौधरीको अवस्था भने सामान्य रहेको बताइएको छ ।