दिल्लीको वायु प्रदूषणको असर नेपालको तराईमा पनि

Newslaya Home

दिल्लीको वायु प्रदूषणको असर नेपालको तराईमा पनि

मङ्गलबार १९, कार्तिक २०७६

बिबिसि । भारतको दिल्लीमा देखिएको विषाक्त हावाको प्रभाव नेपालमा पनि देखापरेको भन्दै धुलोका साना कणबाट जोगाउने खालका मास्क लगाउन वातावरण विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

दिल्लीको प्रदूषणले राजधानी काठमाण्डूभन्दा पनि तराईका जिल्लाहरूमा बढी असर पारेको देखिएको विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले बताए ।

प्रदूषण मापन गर्दा तराईको लुम्बिनी, सौराहा र नेपालगञ्जमा मापदण्डभन्दा बढी देखिएको विभागले जनाएको हो ।

राष्ट्रिय मापदण्डअनुसार पीएम २।५ भनिने सूक्ष्म कण हावामा दैनिक औसतमा ४० माइक्रोग्रामभन्दा बढी हुँदा स्वास्थ्यमा प्रतिकूल असर पार्ने बताइन्छ ।