युएई जान पैसा नलाग्ने, नेपाली कामदारलाई सुविधै सुविधा

Newslaya Home

युएई जान पैसा नलाग्ने, नेपाली कामदारलाई सुविधै सुविधा

मङ्गलबार १९, कार्तिक २०७६

काठमाडौं । संयुक्त अरब इमिरेट्स(युएई) जाने श्रमिकले म्यानपावर कम्पनीलाई पैसा तिर्न नपर्ने भएको छ ।

काठमाडौंमा सोमबार सम्पन्न नेपाल–युएई संयुक्त कार्य समूह बैठकले विगतको शून्य लागतको श्रम समझदारी(एमओयू) लाई कार्यान्वयनमा लैजाने सहमति गरेपछि युएई जानेले एक रुपैंयाँ पनि तिर्नु नपर्ने भएको हो ।

युएई जाने हवाई टिकट पनि रोजगारदाताले नै उपलब्ध गराउने सहमति भएको छ ।

६ महिनाअघि दुई देशबीच भएको समझदारीलाई कार्यान्वयन गराउन दुई दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र युएईको मानव संशाधन मन्त्रालयका अधिकारीहरुले छलफल गरेका थिए । नेपालले २०७५ को कात्तिक १२ मा मलेसियासँग पनि यस्तै सहमती गरेको थियो ।

सहमतिका मुख्य बुँदा यस्ता छन्

- कामदारको सम्पूर्ण खर्च रोजगारदाताले ब्यहोर्ने

- म्यानपावरको सेवा, शुल्क रोजगारदातासँगको सहमति अनुसार हुने

- हवाई टिकट रोजगारदाताले दिने

- कानुनी उपचारको क्रममा हुने खर्च रोजगारदाताले ब्यहोर्ने

- कानुनी प्रक्रियामा रहँदा श्रमिकले नियमित पारिश्रमिक पाउने

- रोजगारदाताको कमीकमजोरीका कारण कामदार बेरोजगार भए अर्को रोजगारी खोज्न सक्ने

- कामदारलाई ज्याला, ओभरटाइम, भत्ता, न्यायमा पहुँचजस्ता सुविधामा विभेद गर्न नपाइने

- कामदारले पाउने सेवा सुविधा तत्काल भुक्तानी गर्नुपर्ने

1 प्रतिकृयाहरू प्राप्त
  • Arjun b.kलेख्नुहुन्छ
  • |
  • मङ्गलबार १९, कार्तिक २०७६
Rojgar silsila ko lagi