बुधबारदेखि मौसम खराब हुने

Newslaya Home

बुधबारदेखि मौसम खराब हुने

मङ्गलबार १९, कार्तिक २०७६

काठमाडौं । जल तथा मौसम विज्ञान महाशाखाले देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही १–२ स्थानहरुमा हल्का वर्षा र हिमपातको संभावना रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसमविद्काअनुसार अरब सागरबाट बनेको चक्रवात कमजोर भए पनि त्यसको प्रभावले गर्दा नेपालमा केही असर देखिएको छ । मंगलबार देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। देशका पूर्वी र मध्य पहाडी भूभागको १–२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

बुधबार बेलुकीदेखि भने मौसम धेरैजसो बिग्रने देखिएको छ । बुधबार बेलुकीदेखि पश्चिममा बढी नै क्षति गर्नेछ । असिनासमेत पर्ने भएकाले कृषकले बढी नै क्षति व्यहोर्नुपर्ने देखिएको छ ।