को हुन् प्रदेश प्रमुखमा सिफारिस गरिएका झापाका विष्णु प्रसाईं ?

Newslaya Home

को हुन् प्रदेश प्रमुखमा सिफारिस गरिएका झापाका विष्णु प्रसाईं ?

सोमबार १८, कार्तिक २०७६

इटहरी । प्रदेश प्रमुखका लागि सिफारिस भएका विष्णु प्रसाईं पाका कम्युनिस्ट नेता हुन् । प्रसाईं झापा विद्रोहपूर्व नै कम्युनिस्ट पार्टीमा होमलिएको उनका समकालीनहरू बताउँछन् ।

झापा विद्रोहको रापतापमा खारिएका प्रसाईं २०४४ सालमा जनपक्षीय उमेदवार बनेर निर्वाचितसमेत भएका थिए ।

बहुदल स्थापनापछि उनी तत्कालीन झापा जिल्लाको जिविस सभापति निर्वाचित भएका थिए । २०५६ मा पार्टी विभाजन हुँदा उनी झापा क्षेत्र नम्बर ३ मा एमालेबाट चुनाव लडेका थिए । काङ्ग्रेसका नरेन्द्रविक्रम नेम्वाङसँग पराजित भए उनी । २०६४ सालको निर्वाचनमा झापा–१ बाट उमेदवार बनेका प्रसाईं त्यसबखत पनि निर्वाचित हुन सकेनन् । तत्कालीन नेकपा (माओवादी)का उमेदवारसँग पराजित भए ।

उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेचीनगर नगरपालिकाको मेयर पदमा उठेका थिए । तर काङ्ग्रेसका विमल आचार्यसँग पराजित भए ।

त्यसो त प्रसाईं २०५२ सालमा चिया विकास निगमको कार्यकारी प्रमुखसमेत बनेका थिए ।