धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’को फस्टलुक सार्वजनिक

Newslaya Home

धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’को फस्टलुक सार्वजनिक

सोमबार १८, कार्तिक २०७६

काठमाडौं । हाँस्यकलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फागुन ९ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्रको पोस्टरमा सिताराम ढाका टोपीमा देखिएका छन् ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा सिताराम र कुञ्जनाको अलवा दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, सूर्यमाला खनाललगायतका कलाकारको समेत अभिनय रहेको छ ।

रुपाकोट र पोखरामा छायाँकन भएको चलचित्र समसामयिक व्याङ्ंग्यमा निर्माण भएको हो । ‘सेन्टी भाइरस’बाट पहिलो पटक ‘धुर्मुस–सुन्तली’ चलचित्र निर्माणमा होमिएका हुन् । उनीहरुको होम प्रोडक्सन कम्पनी सुबिहानी फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको यस चलचित्रमा राजनराज शिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । डिन्डु लामा ह्योल्मोले चलचित्रको निर्माण गरेकी हुन् ।