मोरङबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

Newslaya Home

मोरङबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

सोमबार १८, कार्तिक २०७६

मोरङ । प्रहरीले कटहरी गाउँपालिका–१ स्थित सिंघीया खोला नजिकबाट एक युवकलाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका–२ का २३ वर्षीय सुरज कुमार भन्ने बिक्की कुमार भगत रहेका छन् । प्रहरीले उनको साथबाट अटोमेटिक पेस्तोल १ थान, त्यसमा लाग्ने गोली १ थान, म्याग्जिन २ थान र ५ वटा सीमकार्डसहित पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा भगतले उक्त हतियार मोरङ धनपालथान गाउँपालिका–७ कदमहा बस्ने २८ वर्षीय मुकेश कुमार मण्डलबाट प्राप्त गरेको खुल्न आए पश्‍चात् जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले मण्डललाई समेत बिराटनगर महानगरपालिका–७ जलजला चोकबाट पक्राउ गरेको छ ।

उनीहरू अवैध हातहतियारको कारोवार गर्ने केही व्यक्तिहरुसँग विगत केही समयदेखि सम्वन्ध स्थापित गर्दै आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

दुवै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।