काँसको थालमा खाना खानुका फाइदा

Newslaya Home

काँसको थालमा खाना खानुका फाइदा

सोमबार १८, कार्तिक २०७६

खानाले हाम्रो स्वास्थ्यस्थिति निर्धारण गर्छ । खाना कसरी खान्छौं त्यसले पनि हाम्रो स्वास्थ्यमा प्रभाव पार्छ । त्यतिमात्र होइन, खानाका लागि कस्तो भाँडावर्तन प्रयोग गरिन्छ भन्ने कुराले पनि स्वास्थ्यसँग नाता जोड्छ ।

पछिल्लो समय प्लास्टिक हाम्रो जीवनको एउटा अंग बनिसकेको छ । यसले हाम्रो जीवनमा गम्भीर किसिमका रोगहरु पनि निम्त्याउँदै छ । जस्तै, क्यान्सर, हृदयघात, उच्च रक्तचाप, मधुमेह जस्ता रोगहरु हामीले प्लास्टिककै कारण निम्त्याउने गरेका छौं । यस्तो समस्याको बारेमा जनचेतना जगाउँदै गर्दा पनि यसको प्रयोग भने बढिरहेको छ ।

धातुका भाँडाहरु खानेकुराको प्रकृति अनुसार मिलाउन सके यो स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ । त्यसमा पनि काँसका भाँडाहरु बहुउपयोगी हुने गर्छन् । यसको प्रयोग सबैभन्दा पहिले संहिता कालदेखि सुरु भएको पाइएको छ । त्यही समयदेखि धेरैले यसको प्रयोग गर्दै आएका छन् ।

यो धातुहरु मध्येको विशिष्ठ किसिमको धातु हो । काँसमा कपरको मात्रा ७८ प्रतिशत र टिनको मात्रा २२ प्रतिशत हुन्छ । यी दुई धातुलाई ७०० सेन्टिग्रेटसम्म तताएर शुद्ध चरेस बनाउन सकिन्छ । यो आफैंमा नरम किसिमको धातु हो । यसको प्रयोग खाना खाने थाल, पानी पिउने अम्खरा जस्ता भाँडाकुडा बनाउन पनि प्रयोग गरिन्छ । यस्तोमा खाना राखेर खानु स्वास्थ्यको लागि समेत फाइदाजनक मान्ने गरिन्छ ।

कपर वा पित्तलको भाँडोमा अमिलो खानेकुराहरु राख्न या पकाउनु स्वास्थ्यको लागि हानिकारक मानिन्छ । यी धातुले अमिलो पदार्थ, नुन र कागतीसँग मिल्दा रासायनिक प्रतिक्रिया गराउने भएकोले यी भाँडाहरुमा यस्ता खानाहरु खानु हुँदैन ।

यस्ता खाना पकाउनको लागि त्यही भएर पनि यी भाँडाहरु सिफारिस गर्ने गरिँदैन । तर, काँसको भाँडामा बढी अम्लीय पदार्थ भएका खाद्य पदार्थ पनि रासायनिक प्रतिक्रिया हुँदैन । त्यसैले यो भाँडा खाना खान र पकाउनको लागि राम्रो मानिन्छ ।

काँसका भाँडाका फाइदाहरु
१. कुनैपनि काँसको भाँडोमा कम्तिमा ८ घण्टासम्म पानी भिजाएर राख्न सकिन्छ । त्यसले भोक लागेको बेलामा पौष्टिक खाजा खाएको जति सन्तुष्टि र तागत दिने गर्छ ।

२. यस्तो पानी बासी हुने गरी राख्नु हुँदैन । यसरी समय मिलाएर खान सकेको खण्डमा हामीलाई हुनसक्ने डायरिया, जण्डिस जस्ता रोगहरु बिरुद्ध लड्न पनि मद्दत गर्ने गर्छ ।

३. यसलाई दिमागी शक्तिवर्द्धक औषधि पनि मान्ने गरिन्छ ।

४. यसका भाँडाहरूबाट पिउने र खानपान गर्नु थाइराइड ग्रन्थीका लागि उत्तम मानिन्छ ।

५. काँसको भाँडा अधिकतम स्वास्थ्य लाभ प्राप्त गर्नको लागि दैनिक प्रयोग गर्न सकिन्छ । यसले पनि हेमोग्लोबिनमा सुधार गर्छ ।