आलम बिरुद्ध जन्मकैदको मुद्दा दर्ता

Newslaya Home

आलम बिरुद्ध जन्मकैदको मुद्दा दर्ता

सोमबार १८, कार्तिक २०७६

रौतहट । नेपाली काँग्रेसका नेता तथा पुर्व मन्त्री मोहम्मद अफताब आलमविरुद्ध सरकारी वकिल कार्यालय रौतहटले सोमबार जन्मकैद सहित तीन वटा मुद्दा जिल्ला अदालत रौतहटमा दर्ता गरेको छ ।

सरकारी वकिल कार्यालय रौतहटले १० जना माथि जन्मकैदको मुद्दा दर्ता गरेको सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्याधिबक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए ।

आलम सहित १० जना माथि रौतहट प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीनवटा मुद्दा दर्ता गरेको हो । आलमको मुद्दा ९५ नम्बरमा दर्ता गरिएको छ । समय अभावका कारण थुनछेक बहस भने सोमबार नभई मंगलबारबाट मात्रै हुने भएको छ ।

१२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो । सोमबारै आलमलाई जिल्ला अदालत लगिएको छ ।

आलमसहितका व्यक्तिले २०६४ चैत्र २७ गते यमुनामाइ गाउपालिकाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जन भन्दा बढी व्यक्तिलाई इट्टाभट्टाको चिम्नीमा हालेर भन्दै सरकारी वकिल कार्यालय रौतहटले जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता गरेको हो ।