महरा सांसद पदबाट निलम्बित

Newslaya Home

महरा सांसद पदबाट निलम्बित

सोमबार १८, कार्तिक २०७६

काठमाडौं । जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा सांसद पदबाट स्वतः निलम्बनमा पर्ने भएका छन् ।

सोमबार जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनको सांसद पद स्वतः निल्मबनमा पर्ने भएको हो ।

प्रतिनिधिसभाको नियमावलीमा कुनै पनि सदस्यलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश अदालतबाट भएपछि उक्त पद स्वतः लिलम्बनमा पर्ने व्यवस्था छ ।

उनी सम्वद्ध दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख र सांसद दुवै पदबाट राजीनमा दिन निर्देशन दिए पनि महराले सांसदबाट राजीनामा दिन अटेरी गरेका थिए ।