इटहरीमा सवारी दुर्घटना हुँदा झण्डै दुई दर्जन यात्रु घाइते

Newslaya Home

इटहरीमा सवारी दुर्घटना हुँदा झण्डै दुई दर्जन यात्रु घाइते

सोमबार १८, कार्तिक २०७६

इटहरी । इटहरीको कान्छी चोकमा सोमबार साँझ दुर्घटना हुँदा झण्डै दुई दर्जन घाइते भएका छन् ।

पश्चिम लोकमार्गमा रहेको जालपा पेट्रोल पम्प अगाडि सवारी दुर्घटना हुँदा झण्डै दुई दर्जन घाइते भएका हुन् ।

पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ज २८३९ नम्बरको म्याजिक र विपरित दिशाबाट आउँदै गरेको को २ ह ५९३ नम्बरको ट्याम्पो एक आपसमा ठक्कर खाएका थिए । दुवै साधनमा सवार यात्रुहरु घाइते भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

घाइते मध्ये ५ जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।