कात्र्तिक २३ गतेदेखि इटहरी बजार शनिबार बन्द

Newslaya Home

कात्र्तिक २३ गतेदेखि इटहरी बजार शनिबार बन्द

सोमबार १८, कार्तिक २०७६

इटहरी । पूर्वकै प्रमुख व्यापारीक नगरको परिचय बनाएको इटहरी बजार कात्र्तिक २३ गतेदेखि भने शनिबार बन्द हुने भएको छ ।

बिहीबार बन्द हुदै आएकोमा उद्योगी व्यवशायीहरुले मतदानमार्फत् शनिबार बन्द गर्ने निर्णय गरेका थिए ।

उद्योग वाणिज्य संघ इटहरीले कार्तिक २३ गतेबाट इटहरी बजार शनिबार बन्द गर्ने सुचना जारी गरेको छ । अघिल्लो उद्योग वाणिज्य संघको चुनावमा भएको मतदानको नतिजाअनुसार शनिबार बन्द गर्न लागिएको हो । मतदानमा शनिबार बन्द गर्ने पक्षमा धेरै मत खसेको थियो ।