विष्णु प्रसाईं प्रदेश प्रमुखमा सिफारिस

Newslaya Home

विष्णु प्रसाईं प्रदेश प्रमुखमा सिफारिस

सोमबार १८, कार्तिक २०७६

झापा । सत्तारुढ दल नेकपाले प्रदेश प्रमुखमा विष्णु प्रसाईंलाई सिफारिस गरेको छ। गत स्थानीय तहको निर्वाचनमा झापाको मेचीनगर नगरपालिकाको मेयरमा पराजित बनेका प्रसाईंलाई नेकपाले सिफारिस गरेको हो ।

तत्कालिन नेकपा एमालेको तर्फबाट उनी मेयरका उम्मेद्वार थिए। उनी नेपाली कांग्रेसका बिमल आचार्यसँग पराजित भएका थिए । २०५४ सालमा नेकपा एमाले फुटेपछिको निर्वाचनमा उनी एमालेका तर्फबाट झापा क्षेत्र नं १ का लागि सांसदको उम्मेद्वार थिए । त्यो बेला पनि उनी पराजित भएका थिए ।

त्यसअघि उनी जिल्ला विकास समिति झापाको उपाध्यक्ष थिए।